२० बैशाख २०८१, बिहीबार

वर्तमान गठबन्धन सरकार मुलुकको अहितमा



धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले काँग्रेस र माओवादी केन्द्र गठबन्धन वर्तमान सरकार मुलुकको हितमा नरहेको दाबी गरेका छन् ।
उपाध्यक्ष रावलले वर्तमान गठबन्धन सरकार विदेशीको इशारामा बनेको आरोप लगाए । उनले एमालेलाई परास्त गर्न देशीविदेशी शक्ति लागिपरेको पनि दाबी गरे ।
मंगलबार नेकपा एमाले कैलालीले धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नेपाली कांग्रेसले पटक–पटक बहुमत ल्याउँदा समेत देशको हितमा कुनै काम नगरेको आरोप लगाए ।
प्रदेश नम्बर ७ का संयोजक समेत रहेका उापध्यक्ष रावलले शेरबहादुर देउवाको सरकारले निर्वाचन आचारसंहिता विपरित मन्त्रीमण्डल विस्तार गरेको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार