२० बैशाख २०८१, बिहीबार

अनैतिक कार्यमा संलग्न रहेको आरोपमा युवक पक्राउ



धनगढी । मोबाइल पसलमा अनैतिक कार्यमा संलग्न भएको आरोपमा प्रहरीले मंगलबार धनगढी, एलएन चोकबाट एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले एलएन चोकमा रहेको न्यू आशिर्वाद मोवाईल ग्यालरीका सञ्चालक बब्लुअली खाँलाई पक्राउ गरेको थिया । वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक प्रेम बोहराको नेतृत्वमा रहेको टोलीले मोबाइल ग्यालरीभित्रै एक बालिकासंग अनैतिक कार्य गरिरहेको अवस्थामा पक्राउ गरेको जनाइएको छ ।
वडा प्रहरीले पक्राउ गरेका बब्लु समिरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कैलाली पठाएको जनाएको छ ।
उता, जिल्ला प्रहरी कार्यालयले उनलाई मंगलबार नै रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक अर्जुन चन्द ठकुरीले अनुसन्धानका लागि बब्लुअलीलाई नियन्त्रणमा लिइएको र अनुसन्धानपछि छोडिएको बताए ।
खाँलाई पक्राउ गरेपछि घटनाबारे बारम्बार जानकारी लिन खोज्दा वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक हिक्मत थापाले फोन नउठाएपछि प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई घटनाको बारेमा जानकारी लिएपछि मात्र उनले फोन सम्पर्कमा आएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अर्जुन चन्द ठकुरीले उनलाई कसैको पनि फोन सम्पर्कमा नआउन भनेपछि उनी सम्पर्क बिहिन भएका थिए ।
घटनाको बारेमा गृहमन्त्रालय सम्हाली रहेको राजनीतिक दलको दवावमा प्रहरी उपरिक्षकले व्यापारी खाँलाई रिहा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार