२० बैशाख २०८१, बिहीबार

जेष्ठ नागरिकसम्बन्धी कार्यक्रमको समीक्षा



धनगढी । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजना धनगढीमा आइतबारदेखि जेष्ठ नागरिक सम्बन्धी कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रम शुरु भएको छ ।
सो अवसरमा कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले स्थानीय स्तरमा महिला तथा बालबालिका कार्यालय समायोजन गरिएकोले महिला, बालबालिका तथा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि विनियोजित रकम सही रूपमा खर्च भए नभएकोप्रति ध्यान दिन आवश्यक रहेको चर्चा गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले स्थानीय स्तरमा प्राथमिकताका साथ लक्षित समुदायमा बजेट विनियोजन गरेर उनीहरूलाई समाजमा स्थापित गराउनुपर्ने बताए ।
प्रदेश नम्बर ७ स्तरीय सो कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँद, गैरसरकारी संस्था महासंघका अध्यक्ष हेमकर्ण विक, राष्ट्रिय अपांग महासंघका मानबहादुर साउँद, जेष्ठ नागरिकका केन्द्रीय सदस्य शारदा चन्द लगायतले जेष्ठ नागरिकका सवालमा सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव डोरिन्द्र निरौलाको अध्यक्षतामा भएको थियो ।

भदाै २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार