२० बैशाख २०८१, बिहीबार

बजार अनुगमन



धनगढी । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आइतबार धनगढी बजारमा अनुगमन गरेको छ ।
अनुगमन टोलीले धनगढी बजारमा रहेका होटल, किराना पसल तथा ठेला आदिको अनुगमन गरेको जनाइएको छ ।
बजार अनुगमनका क्रममा उपभोग्य मिति सकिएका पेय पदार्थ, रंग मिसाइएको मिठाई तथा लेवल उल्लेख नभएका पाउरोटी तथा क्रिमरोल बरामद गरियो ।
कार्यालयले प्रशोधित पानीको बोतलभित्र बाह्य पदार्थ भेटिएको भन्ने उजुरी सम्बोधनका क्रममा फारवेष्ट फुड एण्ड वेभरेज उद्योगमा समेत अनुगमन तथा नमुना संकलन गरी कारबाही अघि बढाएको जनाएको छ ।
अनुगमन टोलीमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत उपेन्द्र राय, खाद्य निरीक्षक कृष्ण दत्त लेखक, खाद्य निरीक्षक नरेन्द्र सिंह थलाल, खाद्य निरीक्षक जगदीश जोशी, जिल्ला प्रशासन कार्यालयका नायब सु्ब्बा जग्यलाल उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार