१२ श्रावण २०८१, शनिबार

अध्ययन नतिजा सार्वजनिक



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १५, उर्मामा आइतबार सार्वजनिक विद्यालयका बित्तीय व्यवस्था : श्रोत, परिचालन र अभाव अध्ययनका नतीजाहरू सार्वजनिकीकरण गरिएको छ ।
सार्वजनिक विद्यालयको वित्तीय अवस्थाको श्रोत, परिचालनको अवस्था र समस्याहरूको पहिचान गर्न कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक भवानसिंह चलाउनेले तयार पारेको प्रतिवेदन सार्वजनिकीकरण गरिएको हो ।
फाया नेपालद्वारा सञ्चालित कार्यक्रम अन्तर्गत हसुलिया, फूलवारी र उर्मामा रहेका ३० वटा सार्वजनिक विद्यालयमा वित्तिय व्यवस्था : श्रोत, परिचालन र अभाव विषयमा अध्ययन गरिएको थियो ।
कार्यक्रममा वडा नंम्बर १६ र १७ का अध्यक्ष, सार्वजनिक विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीहरूले सस्तो तथा गुणस्तरयुक्त शिक्षाका लागि सबै सरोकारवालाहरू एकजुट भएर लाग्ने प्रतिवद्धता जनाए ।
प्रतिवेदनले नेपालमा विद्यालय शिक्षाको तीव्र विकास भए पनि शिक्षाको गुणस्तर निराश लाग्दो देखिएको छ । आधारभूत शिक्षा नि:शुल्क तथा अनिवार्य हुने भनि संवैधानिक ग्यारेन्टी गरेपनि पूर्ण रूपमा नि:शुल्क समेत हुन नसकेको देखाएको छ ।
प्रतिवेदनले प्रति विद्यार्थी झण्डै १६ हजार अभिभावकले खर्च गर्ने गरेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार