ऐश्वर्यद्वारा बाढीपीडितलाई सहयोग



धनगढी । ऐश्वर्य बहुमुखी क्याम्पसले बाढीपीडित बालबालिकाहरूलाई राहत रकम सहयोग गरेको छ ।
सो क्याम्पसमा कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूबाट संकलन गरेको १७ हजार एक सय ६५ रुपैयाँ आइतबार ऐश्वर्य विद्या निकेतनका प्राचार्य धर्मदेव भट्ट र स्ववियू सभापति कमल रजवारले कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई हस्तान्तरण गरे ।
बाढीपीडित क्षेत्रका बालबालिकालाई स्टेशनरी खरिदका लागि सहयोग स्वरूप उक्त रकम प्रदान गरिएको सभापति रजवारले बताए ।

भदाै २६ गते (epaper)

 

प्रतिक्रिया दिनुहोस्