१२ श्रावण २०८१, शनिबार

बौनियामा १६ जुवाडे पक्राउ



धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकाको बौनिया बजारबाट प्रहरीले बिहीबार राति १६ जना जुवाडेलाई पक्राउ गरेको छ ।
बिहीबार मध्यराततिर प्रहरी निरीक्षक भरतराज गिरीको कमाण्डमा रहेको टोलीले एक लाख नौ हजार रुपैयाँ सहित १६ जनालाई पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले जुवा खेलाएको आरोपमा रातोभाले होटलका सञ्चालकलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार