१२ श्रावण २०८१, शनिबार

राजी समुदायका लागि कुखुरापालन तालिम सञ्चालन



भजनी । कैलालीको भजनी नगरपालिकामा बिहीबारदेखि राजी समुदायका लागि कुखुरापालन तालिम सञ्चालन भएको छ । तालिन तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
तालिमको एक कार्यक्रमबीच भजनी नगरपालिकाका उपप्रमुख छाया देवकोटाले उद्घाटन गरिन् । कार्यक्रम राजी उत्थान कृषि सहकारी संस्थाका अध्यक्ष भीमबहादुर राजीको अध्यक्षतामा भएको थियो ।
फाया नेपालद्वारा आयोजित कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक राजेन्द्र रैकाले भुरुवामा रहेका राजी समुदायका आठ कृषक समूहका एक सय ६० जनालाई तालिममा सहभागी गराइएको बताए ।
तालिमपछि एक सय ६० जनालाई प्रति घरधुरी १० वटाका दरले एक हजार छ सय कुखुरा प्रदान गरिने छ ।

भदाै २३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार