१२ श्रावण २०८१, शनिबार

सस्तो तथा गुणस्तरयुक्त शिक्षाका लागि एकजुट हुन आवश्यक



फूलवारी । सार्वजनिक विद्यालयमा सस्तो तथा गुणस्तरयुक्त शिक्षाका लागि सरोकारवालाहरू एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।
कैलालीको फूलबारमा बिहीबार आयोजित ‘सार्वजनिक विद्यालयको वित्तीय व्यवस्था : स्रोत, परिचालन र अभाव अध्ययनका नतीजा’ सार्वजनिकीकरण कार्यक्रमका सहभागीहरूले गुणस्तरीय शिक्षाका लागि एकजुट हुने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जीतराम चौधरीले सिमांकन तथा नामांकन गरेर विद्यालय मिलानगरी तथा नियमित अनुगमन गरेर सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षाको विकास गर्न सकिने चर्चा गरे ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष तिलुराम चौधरीले सस्तो तथा गुणस्तरयुक्त शिक्षाका लागि शिक्षक दरबन्दी मिलान गर्नुपर्ने बताए ।
कार्यक्रम फाया नेपाल र एक्सन एडको साझेदारीमा सञ्चालन भएको थियो ।
फाया नेपालका मुकेश पन्तले सञ्चालन गरको कार्यक्रमको संस्थाका पूर्व अध्यक्ष धनपति ढुंगेलले सहजीकरण गरेका थिए ।

भदाै २३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार