११ श्रावण २०८१, शुक्रबार

बाढीबाट साढे आठ करोडको कृषिबालीमा क्षति



टीकापुर । कैलालीमा यस वर्षको बाढीका कारण साढे आठ करोड रुपैयाँ मूल्य बराबरको कृषिबालीमा क्षति पुगेको छ ।
जिल्ला कृषि विकास कार्यालय, कैलालीका अनुसार गत साउन २८ गतेको बाढीबाट भजनी र टीकापुर नगरपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार बाढीले सात सय ५० हेक्टर जमिनमा लगाइएको चार करोड २५ लाख रुपैयाँ मूल्य बराबरको धानबालीमा क्षति पुगेको छ ।
त्यस्तै, चार हजार हेक्टर जमिनमा लगाइएको धानबालीमा आंशिक क्षति पुगेको बरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेयले बताए ।
उनले जिल्लामा बाढीबाट कृषिबालीमा पुगेको क्षतिको विवरण संकलन गरी मन्त्रालयलाई पठाइएको बताए ।

भदाै २१ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार