१२ श्रावण २०८१, शनिबार

बेलुवामा रक्तदान कार्यक्रम



टीकापुर । टीकापुर नगरपालिकाको वडा नम्बर ७ बेलुवामा मंगलबार रक्तदान कार्यक्रम भएको छ । सो अवसरमा ४५ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा पूर्वराज्यमन्त्री चन्द्रसिंह भट्टराई, काँग्रेस नेता फकिरसिंह कडायत, प्रेमसागर कर्माचार्य, नेपाल रेडक्रस सोसाइटी टीकापुरका सभापति जगदिश्वर पण्डित लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, टीकापुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज गठन भएको छ ।
मुकेश श्रेष्ठको अध्यक्षतामा गठिते समितिको उपाध्यक्ष रामकृष्ण क्षेत्री, कोषाध्यक्ष देवी श्रेष्ठ र सचिवमा भिम विक तथा सदस्यमा मीनबहादुर थापा, ओमप्रकाश चौधरी, बिरिम चौधरी, विमला श्रेष्ठ, तिलक श्रेष्ठ, सर्जु चौधरी र रुठ सुवेदी रहेका छन्
यस्तै गणेश चौधरी, सन्देश श्रेष्ठ, देवेन्द्र जैशी, श्रीपाल चौधरी र टोपबहादुर केसीसहितको सल्लाहकार समिति पनि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार