उद्यमशिलता तथा मनोसामाजिक विकास तालिम



धनगढी । वर्ल्डलिंक टेक्निकल ट्रेनिङ इन्टिच्युटको आयोजनामा मंगलबार धनगढीमा लैंगिक उत्तरदायी उद्यमशीलता विकास तथा मनोसामाजिक विकास तालिम समापन भएको छ । तालिम १२ दिनदेखि सञ्चालन भइरहेको थियो ।
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी र यूएन वुमनको आर्थिक तथा प्राविधिक सहयोगमा भएको तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।
तालिममा महेन्द्र चड्डा, गोपाल बोहरा र तारा गिरीले तालिम दिएका थिए ।
कार्यक्रम समापनका अवसरमा धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट, तालिम केन्द्रका प्रमुख भूवनराज पन्त, युएन वुमनका गीता नायक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम इन्टिच्युटका कार्यक्रम संयोजक सुजित शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रमको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका तालिम संयोजक दलबहादुर ओलीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्