८ असार २०७८, मंगलवार

हरिप्रिया फाउण्डेशनबाट बाढीपीडितलाई राहत वितरण



धनगढी । हरिप्रिया–प्रकाश फाउण्डेसनले तराईका बाढीपीडितलाई दश लाख रुपैयाँ मूल्य बराबरको राहत सामग्री प्रदान गरेको छ ।
फाउण्डेसनले मंगलबार सप्तरीका बाढीपीडितका लागि दुई लाख रुपैयाँ मूल्य बराबरको खाद्य सामग्री नेपाल तरुण दल केन्द्रीय समितिलाई हस्तान्तरण गरिएको छ ।
यसअघि फाउण्डेसनले नेपाल पत्रकार महासंघमार्फत एक लाख रुपैयाको राहत सामग्री वितरण गरेको थियो भने नेपाल विद्यार्थी संघमार्फत एक लाख २० हजार रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको फाउण्डेशनका क्षितिज भण्डारीले बताए ।
त्यस्तै, नेपाली काँग्रेस कैलाली र नेपाल रेडक्रस सोसाइटी कैलालीमार्फत चार लाख रुपैयाँको सामग्री प्रदान गरिएको थियो ।
त्यस्तै, फाउण्डेशनले सुदूरपश्चिम गौरा समाजमार्फत ६० हजार रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्