६ कार्तिक २०८१, मंगलवार

पत्रकार शाह सम्मानित



धनगढी । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशबिक्रम शाहलाई एबिसी टेलिभिजनले सोमबार काठमाडौंमा सम्मान गरेको छ । उनलाई लगनशिल पत्रकारको रूपमा सम्मान गरिएको हो ।
एबिसी टेलिभिजनले नौ वर्ष पार गरी १० औं वर्षमा प्रवेश गरेको अवसरमा शाहलाई सम्मान गरेको हो ।
शाह एबिसी टेलिभिजन सुदूरपश्चिमका ब्यूरो प्रमुख हुनुका साथै कैलालीको धनगढीबाट प्रकाशित हुँदै आएको अनुमोदन पत्रिकाका कार्यकारी सम्पादक पनि हुनुहन्छ ।
शाह गोरखापत्र पत्रिकाका निवर्तमान पूर्व सञ्चालक समितिका सदस्य पनि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार