११ श्रावण २०८१, शुक्रबार

बाढीपीडितलाई राहत सामग्री वितरण



लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ५, ७ र ९ का बाढीपीडितलाई आइतबार राहत वितरण गरिएको छ ।
गाउँ सुधार समाज नेपाल नामक संस्थाको सहयोगमा ती वडाका बाढीपीडितलाई राहत सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष दिपककुमार तिमिल्सिनाले बताए ।
यस वर्षको बाढीबाट लम्कीचुहा नगरपालिकाको वडा नम्बर ५, ७ र ९ मा तीन हजार पाँच सय परिवार प्रभावित भएका थिए ।
त्यस्तै, सो नगरपालिकाका कुन्टीखेत, बल्चौर, ब्यवस्थितनगर, चौरी, थापापुर, प्रतापपुर, खरौला, सुतैया, चुहा, गुलरामा एक हजार बढी घरपरिवार प्रभावित भएका थिए ।
बाढीपीडितको सहयोगका लागि अष्ट्रेलियामा रोजगार तथा पढाइ गरिरहेको प्रकाश धमाला, विना धमाला केसी, लक्ष्मी जैशी, निर्मला धमाला, मञ्जु धमाला, करुणा शाही लगायतले संकलन गरेको रकमबाट राहत सामग्री वितरण गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार