१२ श्रावण २०८१, शनिबार

कटान रोक्न जैविक तटबन्ध निर्माण गर्दै



टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ५, शाहीपुरका स्थानीयहरू कर्णाली नदीको कटान रोक्न जैविक तटबन्ध निर्माणमा जुटेका छन् ।
कर्णाली नदीको कटान बढ्दै गएकापछि स्थानीयले रोकथामका लागि जैविक तटबन्ध व्यापक बनाइरहेका छन् ।
स्थानीयले स्याउला, झालापाताका साथै प्लाष्टिक जालीमा बोरामा माटो भरेर स्पर बनाइरहेका छन् ।
गत साउन महिनादेखि कर्णाली नदीले निरन्तर जमिन कटान गरिरहेकोले स्थानीय स्तरमा रोकथामको प्रयास गरिएको बडघर धर्मराज जैशीले बताए ।
उनले कर्णाली नदीले टीकापुर नगरपालिकाको वडा नम्बर ५ का साथै ८ र ९ मा पनि कटान गरिरहेको बताए ।
स्थानीयले रानी जमरा कुलरिया सिंचाईं आयोजनाले प्रदान गरेको पाँच हजार थान बोरा, र ५० थान जालीबाट दश ठाउँमा जैविक तटबन्ध निर्माण गरिरहेको शाहीपुरका बडघर रामकृष्ण चौधरीले बताए ।
नदी कटान नियन्त्रणका लागि स्थानीयले आलोपालो गरी हरेक दिन ४० जनाले श्रमदान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार