११ श्रावण २०८१, शुक्रबार

भोट बराबर बोट अभियान : उर्मामा वृक्षारोपण



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ (साविक उर्मा गाविस) मा बुधबार वृक्षारोपण गरिएको छ ।
नगर हरियाली कार्यक्रम, भोट बराबर बोट अभियान अन्तर्गत बेहडाबाबा धार्मिक सामुदायिक वनको सहकार्यमा धार्मिक वनमा वृक्षारोपण गरियो ।
वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले धनगढी उपमहानगरपालिकामा रहेका ५७ वटै सामुदायिक वनमा वृक्षारोपण गर्ने योजना रहेको बताए ।
नगरप्रमुख वडले धनगढीलाई हरियाली शहर बनाउन ‘एक घर दुई बोट’, सडकको दायाँबायाँ बोटविरुवा रोप्ने लगायतको योजना रहेको बताए । उनले अब भोट बराबर बोट नभई जनसंख्या अनुसारको बोट अभियान सञ्चालन गर्ने बताए ।
भोट बराबर बोट अन्तर्गत हाल धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानमा कबिर नौ हजार बढी बोट रोपिइसकेको उनले बताए ।
बुधबार सामुदायिक वनमा विभिन्न प्रजातिका दुई हजार बोट रोपिएको र उक्त वनमा पाँच हजार बोट रोप्ने योजना रहेको उनले बताए ।

भदाै १५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार