११ श्रावण २०८१, शुक्रबार

बाढीपीडितले बुझाए ज्ञापन



टीकापुर । खक्रौला सडक पश्चिम विकास तथा बाढीपीडित संघर्ष समितिले बुधबार टीकापुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
संघर्ष समितिले वर्षायाममा टीकापुर क्षेत्रको पानी खक्रौला पश्चिमतिर निकास गर्दा डुबान हुने भएकाले खक्रौला रोडको दुबै छेउतिर उत्तर दक्षिण ढल बनाएर पानीको व्यवस्थापन गर्नुपर्ने लगायत १० बुदे ज्ञापनत्रपत्र नगर प्रमुखलाई बुझाएका छ ।
ज्ञापनपत्रमा खक्रौला रोडको दुबै छेउमा ढलको व्यवस्था हुनुपर्ने, टीकापुर बजारको पानी खक्रौला रोड पश्चिम निकास गर्ने नपाइने, बनगाँउ कुलो र ज्ञानी कुलोको पक्की पर्खाल निमार्ण सहित अनावश्यक पानी मानव बस्तीमा जानबाट रोक्नुपर्ने, अव्यवस्थित विद्युत पोल हटाउनुपर्ने, टीकापुर स्मार्ट सिटीको समानुपातिक विकास गर्नुपर्ने, वनगाउँसम्मको रोड पक्की बनाउनुपर्ने, फोहोर व्यवस्थापन गर्नुपर्ने, पश्चिमतिर रहेको खल्ला ठाउँमा माटो पटानी तथा गर्नु रिङ्ग रोडलाई स्तरीकरण गर्ने र यातायात सञ्चालनको लागि पहल गर्ने लगायतका माग रहेको संर्घष समितिका अध्यक्ष शिवदक्त उप्रेतीले बताए ।
सो अवसरमा नगरप्रमुख तपेन्द्र रावलले संघर्ष समितिले उठाएका मागप्रति आफू गम्भीर रहेको बताए ।

भदाै १५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार