१२ श्रावण २०८१, शनिबार

सालका गोलियासहित एक पक्राउ



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को शान्ति सामुदायिक वनमा चार वटा सालको गोलियासहित एक जना पक्राउ परेका छन् ।
सामुदायिक वनमा अवैध रूपमा रुख काटिरहेको अवस्थामा उपभोक्ताहरूले स्थानीय चन्द्रराज गिरीलाई नियन्त्रणमा लिएको बताइएको छ । उनीसंगै रुख काटिरहेका अन्य दुई जना भने फरार भएका छन् ।
अभियुक्त गिरीलाई ईलाका प्रहरी कार्यालय बौनियामा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार