११ श्रावण २०८१, शुक्रबार

२० किलो चरेशसहित एक जना पक्राउ



धनगढी । क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) ले धनगढीमा २० किलो लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङको पाटागाउँ घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर ८, बुद्धचोक डेरा गरी बस्ने ३० वर्षीय शिवराज उपाध्याय रहेका छन् ।
आरआईटीका कैलाली प्रमुख प्रहरी सहायक निरीक्षक केशव जोशीको नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिका–७, देवहरियाबाट उनलाई चरेशसहित पक्राउ गरेको थियो । उनी चढेको से ५ प ७४९३ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
सुदूरपश्चिममा आरआईटी गठन भएयता विभिन्न स्थान र समयमा गरी हालसम्म एक क्विन्टल भन्दा बढी चरेश बरामद भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार