११ श्रावण २०८१, शुक्रबार

साधारण सभा तथा सामाजिक परीक्षण



धनगढी । जनचेतना तथा युवा जागरण मञ्च नेपाल (फाया नेपाल) को २० औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सोमबार धनगढीमा भएको छ ।
साधारण सभाको एक कार्यक्रमबीच जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले उद्घाटन गरे ।
कार्यक्रममा संस्थाको नीति तथा साझेदार संयोजक धनपति ढुगेलले आर्थिक वर्ष २०७३/७४ मा संस्थाले सञ्चालन गरेका पाँच वटा परियोजना मुख्य गतिविधि र प्रगति प्रतिवेदन प्रस्तुत गरे । सो आर्थिक वर्षमा संस्थाले विभिन्न पाँच परियोजनामा चार करोड चार लाख ५८ हजार रुपैयाँ खर्च गरेको उनले बताए ।
कार्यक्रममा जेष्ठ नागरिक समूह उर्माका अध्यक्ष गंगाराम राना, फूलवारी अपाङ्ग संघका अध्यक्ष नवराज गिरी, सुआहारा परियोजना कैलालीका संयोजक लोकेन्द्र थापा, मर्सिकोरकी संगीता अधिकारी, एक्सनएड नेपालका क्षेत्रीय संयोजक सरोज पोखरेल, गैरसरकारी सस्था महासंघका जिल्ला अध्यक्ष हेमकर्ण विक, नेपाल वारका कैलाली अध्यक्ष प्रेम चन्द, सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र शाह, फाया नेपालका संस्थापक सदस्य रतन थापा, सल्लाहकार सदस्य डिल्लीराज जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभा संस्थाका अध्यक्ष शेरबहादुर बस्नेतको अध्यक्षतामा भएको थियो ।

भदाै १३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार