१२ श्रावण २०८१, शनिबार

लागूऔषधसहित पक्राउ



धनगढी । लागूऔषध ब्राउन सुगरसहित धनगढीमा एक जना भारतीय नागरिक आइतबार पक्राउ परेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित त्रिनगर पुलमा भारत पलियाकला खिरी बस्ने ४० वर्षिय प्रदीप गर्ग पक्राउ गरेका हुन् ।
क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) सुपको टोलीले विषेश सूचनाको आधारमा चेकजाँच गर्दा आठ ग्राम ७० मिलिग्राम लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन) फेला परेको जनाइएको छ ।
प्रहरीले गर्गको पाइन्टको भित्री खल्तीमा सेतो प्लाष्टिकको पोकामा राखेको अवस्थामा फेला पारेको थियो ।
पक्राउ परेका गर्गलाई आरआईटी टोलीले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको जनाइएको छ ।
उक्त लागूऔषध ब्राउनसुगर (खैरो हेरोईन) निजले भारतको पलियाबाट धनगढी बजारमा ल्याई विक्रीवितरण गर्ने गरेको भन्ने निजको प्रारम्भिक बयानबाट खुल्न आएको कैलालीका प्रहरी प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।

भदाै १२ गते epaper

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार