११ श्रावण २०८१, शुक्रबार

बालुवा ल्याउदै गरेका दश ट्याक्टर नियन्त्रणमा



धनगढी । कैलालीको खुटिया नदीबाट बालुवा बोकेर आउँदै गरेका १० वटा ट्याक्टर शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ ।
शनिबार वडा प्रहरी कार्यालय धनगढीको गस्ती टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर १७, धनचौरीस्थित खुटिया खोलाबाट बालुवा लोड गरेर धनगढीतर्फ आइरहेका ट्याक्टरहरू नियन्त्रणमा लिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार स्थानीयले दिएको सूचनाको आधारमा ट्याक्टर नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको ट्याक्टर जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए ।
जिल्ला समन्वय समितिले साउन र भदौ महिनामा जिल्लाका प्राय: नदीबाट गिट्टी र बालुवा निकाल्न प्रतिवन्ध लगाएको छ ।
कैलालीको स्थानीय विकास अधिकारी केशवप्रसाद बिमलीले कर्मचारी अभावका कारण अनुगमन गर्न नसकेको बताए ।

भदाै ११ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार