३ जेष्ठ २०८१, बिहीबार

करेन्ट लागेर जंगली हात्तीको मृत्यु



धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १०, बाइसेबिचुजामा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ ।
शुक्रबार बिहान करेन्ट लागेर जंगली हात्ती मरेको लालझाँडी मोहना संरक्षित वन परिषद्का अध्यक्ष महेशदत्त जोशीले बताए ।
जिल्ला पशुसेवा कार्यालय कञ्चनपुरका वरिष्ठ पशु विकास अधिकृत डा. मदनसिंह धामीले मरेको हात्तीको शव परीक्षण गरि गाडिएको बताए । सो हात्तीले आसपासका गाउँवस्तीमा बालीनालीमा क्षति पुर्‍याउँदै आएको स्थानीयले बताए ।
जंगली हात्तीको नियन्त्रणका लागि जंगल वरिपरि तारले घेरिएको र करेन्ट छोडिने गरिएको छ । कुण्डा इलाका वन कार्यालयका प्रमुख दिनेश यादवका अनुसार दुई वर्षको अवधिमा चार हात्तीको मृत्यु भइसकेको छ ।

भदाै १० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार