४ जेष्ठ २०८१, शुक्रबार

पुल नहुँदा सास्ती



भदाै १० गते (epaper)

लम्की । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का बासिन्दाले आसपासका नदीखोलामा पुल नहुँदा आवातजावतमा सास्ती बेहोर्नु परिराखेको छ ।
वडा नम्बर ३ का खैरेनी, बुटकौवा, रानीकुण्डा लगायतका गाउँ नदीले घेरिएका छन् । त्यस्तै, नदीपारी जरहीठाडा, कुम्भिया, झगडपुर, कट्टिपुर, नौनिया, पुरैनाताल लगायतका गाउँ रहेका छन् ।
ती गाउँ भएर बग्ने काँडा र कुहिरा नदीले घेरिएका छन् ।
गत बिहीबार आएको बाढीले रानीकुण्डा, झाला, जरहीठाडा, बुटकौवा र कटानटोलमा दर्जनौ बिघा जमिनमा लगाइएको धानखेतीमा क्षति पुगेको छ । स्थानीय टंकराज ओलीका अनुसार लालीगुँरास सामूदायिक वन समूहको घाटगद्दी गरी राखिएको साल, अस्ना र जामुन गरी चार सय क्यूफिट काठ बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार