२ जेष्ठ २०८१, बुधबार

तीज उत्सव समापन



भदाै १० गते (epaper)

धनगढी । हरितालिका तीजको अवसरमा धनगढीमा सञ्चालन भएको तीज उत्सव शुक्रबार समापन भएको छ ।
उत्सवको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए ।
पद्मा ग्रुपद्वारा सञ्चालित सुदूरपश्चिम क्षेत्रीय प्रसारण केन्द्र, धनगढी अन्तर्गतको भक्ति दर्शन टेलिभिजनको आयोजना र माउन्टेन टेलिभिजन तथा बिजनेस प्लस टेलिभिजनको सहआयोजनामा बिहीबारदेखि सो महोत्सव शुरु भएको थियो ।
तीज उत्सवमा एकल तथा सामुहिक मौलिक तीज नृत्य प्रतियोगिता भएको थियो । एकल नृत्य प्रतियोगितामा सिर्जु कुँवर प्रथम, अनिता गोले द्वितीय र तीला देउवा तृतीय भए ।
सामुहिक मौलिक तीज गीत नृत्य प्रतियोगितामा फूलवारीका सयपत्री आमा समूह प्रथम, एकता महिला समूह द्वितीय र सूर्यमुखी आमा समूह तृतीय भएका छन् ।
एकल नृत्य प्रतियोगितामा प्रथम सिर्जलाई सुनको जन्तर, द्वितीय भएका अनितालाई स्मार्ट फोन तथा तृतीय भएका तीलालाई साडी प्रदान गरिएको छ ।
त्यस्तै, सामुहिक मौलिक तीजगीत प्रतियोगितामा पहिलो भएकाले पाँच हजार, द्वितीयले तीन हजार र तृतीय स्थान प्राप्त गरेका विजेताले दुई हजार रुपैयाँ प्राप्त गरे ।
तीज उत्सवका संयोजक श्रवण देउवाले प्रदेश नम्बर ७ को मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले उत्सव आयोजना गरिएको बताए ।
कार्यक्रमको सञ्चालन कृतबहादुर बिष्ट र सुशीला देउवाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार