४ जेष्ठ २०८१, शुक्रबार

विप्लव नेकपाले निर्वाचन विरोधी कार्यक्रम घोषणा



भदाै ९ गते (epaper)

धनगढी । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन खारेजी कार्यक्रम पुन: घोषणा गरेको छ ।
स्थानीय तहको निर्वाचनमा विप्लव नेतृत्वको नेकपाले देशव्यापी रूपमा एकीकृत जनजागरण तथा प्रतिरोध अभियान चालेको थियो भने सरकारले मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेसंगै पुन: तीन महिने कार्यक्रम घोषणा गरेको छ ।
बिहीबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा सो पार्टीका सेती अञ्चल ब्युरो इञ्चार्ज शंकर खड्काले अभियानका क्रममा भेला, सम्मेलन, पार्टीको नीति र विचारको प्रचारप्रसार लगायतका गतिविधि सञ्चालन गरिने बताए ।
कार्यक्रममा पार्टी स्थायी समिति सदस्य सन्तोष बुढामगरले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन अझै अन्यौल अवस्थामा रहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार