११ श्रावण २०८१, शुक्रबार

आयोगद्वारा कारागार अनुगमन



धनगढी । कैलाली कारागारको नेपाल राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार अनुगमन गरेको छ ।
विभिन्न सञ्चारमाध्यममा ‘कैदीबन्दीहरूलाई कुहिएको चामल’ भन्ने शीर्षकमा समाचार आएपछि आयोगले आफ्नो ध्यानाकर्षण भएको भन्दै अनुगमन गरेको थियो ।
आयोगको अनुगमन पश्चात कारागारका जेलर पुष्कर खडकाले सुनियोजित तरिकाले कारागारलाई बदनाम गर्न यस्तो गलत अफवाह फैलाइएको बताए । कारागार व्यवस्थापन पक्षले हरेक १५/१५ दिनमा नेपाल खाद्य संस्थान मार्फत् कैदीबन्दीहरूलाई चामल वितरण गर्ने गरेको छ ।
उनले खाद्य संस्थानले कुहिएको चामल वितरण नगरेको तर, कैदी बन्दीहरूले लामो समय राखेका कारण केही चामल कुहिएको हुन सक्ने बताए । उनले कैदी बन्दीहरूले चामल छान्दा राखेका वियाहरूलाई संकलन गरेर कारागारमा कुहिएको चामल वितरण गरेको गलत प्रचार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार