१२ श्रावण २०८१, शनिबार

उपमहानगरले शुरु गर्‍यो नाली सफाई



धनगढी । धनगढी उपमहानगरपालिकाले डुवान समस्या घटाउन ‘नाली निर्माण तथा सफाई अभियान’ शुरु गरेको छ । उपमहानगरपालिकाले बिहीबार मोहना–अत्तरिया सडक अन्तर्गत पर्ने धनगढीको मिलन चौकदेखि भन्सारसम्मको नाली निर्माण गरेर अभियानको सुरुवात गरेको हो ।
धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले नगरका विभिन्न वडाको स्थलगत अवलोकन गर्दै डुवानको समस्या भएका क्षेत्रमा नाली निर्माण तथा सफाई गर्ने बताए ।
मिलनचौकको नाली सफाईमा नगरप्रमुख, वडा नम्बर ३ का वडाध्यक्ष लगायत वडा नम्बर २ र ३ का स्थानीयहरूको सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार