१२ श्रावण २०८१, शनिबार

ज्येष्ठ नागरिकका सवालमा अभिमुखीकरण



धनगढी । फाया नेपाल र ज्येष्ठ नागरिक नागरिक समूह, गेटाको संयुक्त आयोजनामा ज्येष्ठ नागरिकका सवाल सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार गोदावरी नगरपालिकाको गेटामा भएको छ ।
ज्येष्ठ नागरिकहरूको हकअधिकार सेवासुविधा र विपद् उत्थानशीलता सम्बन्धी जानकारी गराई उनीहरूमा भएको ज्ञान सीप र अनुभवलाई सक्रिय क्रियाशीलताको आधारमा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले आपतकालीन अवस्थामा आफूहरूलाई तत्काल आवश्यक सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।
करीब ४५ जना ज्येष्ठ नागरिक सहभागी कार्यक्रम जेष्ठ नागरिक नागरिक समूह, गेटाका अध्यक्ष भेदुप्रसाद चौधरीको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा परियोजनाका संयोजक लक्ष्मीभक्त जोशीले ज्येष्ठ नागरिकको हकअधिकार सेवासुविधा, विपद् जोखिम सम्बन्धी सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार