११ श्रावण २०८१, शुक्रबार

टेलिकमको लापरबाहीले सेवाग्राही मर्कामा



धनगढी । नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरियाको लापरबाहीका कारण सेवाग्राहीले हैरानी भोग्नु परिरहेको छ । टेलिफोन बिग्रेको महिनौ बित्दा पनि मर्मत नभएपछि अत्तरिया र आसपास क्षेत्रका सेवाग्राहीले हैरानी भोग्नु परेको छ ।
पटकपटक टेलिफोन लाईन मर्मतका लागि कार्यलयमा जानकारी गराउदा समेत कुनै सुनुवाई नभएको सेवाग्राहीले बताएका छन् । टेलिकम अत्तरिया शाखामा एक सय १० टेलिफोन लाइन बिग्रेको गुनासो आएका छन् ।
टेलिकम अत्तरिया शाखा प्रमुख भजनसिंह चौधरीले क्षेत्रीय कार्यालयको मातहतमा रहेको अत्तरिया शाखाले टेलिफोन मर्मतका लागि आवश्यक सामग्री र जनशक्ति नभएका कारण मर्मत गर्न नसकेको बताए ।
अत्तरियामा एक हजार ६ सय लाइन हेर्न एक जना कर्मचारी र दुई जना ज्यालादारी लाईनम्यानको व्यवस्था छ ।
साउन २७ गते अत्तरिया शाखाले धनगढी शाखालाई लाइन मर्मत गर्न नसक्ने भन्दै पत्राचार गरिसकेको बताएको छ । अत्तरियामा लाइन मर्मतका लागि एक जना प्राविधिक र सामग्री अत्तरिया पठाइएको नेपाल टलिकम धनगढी शाखाका प्रमुख ईञ्जिनियर विमल आचार्यले बताए ।
टेलिकमका क्षेत्रीय निर्देशक बुद्धकृष्ण मानन्धरले वर्षातका कारण टेलिफोन मर्मतमा ढिलाई भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार