११ श्रावण २०८१, शुक्रबार

शिक्षा पुरस्कार पत्रकार भट्ट र सिंहलाई



धनगढी । नेपाल सरकार शिक्षा विभाग र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा प्रदान गर्ने ‘प्रादेशिक शिक्षा पुरस्कार २०७३’ प्रदेश नम्बर सातबाट कैलालीका पत्रकार तेजराज भट्ट र डोटीका पत्रकार डिलबहादुर सिंहलाई प्रदान गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्यांकन तथा छनौट समितिले मंगलबार ३० हजार रुपैया राशीको प्रादेशिक शिक्षा पुरस्कार प्रदेश नम्बर सातबाट कैलालीका पत्रकार भट्ट र डोटीका पत्रकार सिंहलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।
पत्रकारितामार्फत शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै हरेक वर्ष शिक्षा पुरस्कार प्रदान गरिदै आएको छ । यसअघि क्षेत्रगत रुपमा दिइदै आएकोमा नयाँ संरचनासंगै प्रादेशिक रुपमा प्रदान गर्ने निर्णय भएको हो । बैठकले ७ प्रदेश र उपत्यकालाई एक प्रदेश मानेर आठ जनालाई सो पुरस्कार दिने निर्णय गरेको जनाएको छ ।
प्रत्येक प्रदेशबाट दुई जना पत्रकारलाई प्रदान गरिने २० हजार रुपैया राशीको ‘शिक्षा लेखनवृत्ति–२०७३’ प्रदेश नम्बर ७ बाट नरी बडु (बैतडी) र दुर्गा देवकोटा (कैलाली) लाई प्रदान गर्ने निर्णय भएको छ ।
यसैगरी, बाजुराको रेडियो बाजुरा र कञ्चनपुरको रेडियो महाकालीलाई संस्थागत शिक्षा पत्रकारिता पुरस्कार प्रादन गरिने भएको छ ।
राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार पत्रकार माधव अर्याल र सुरेन्द्र काफ्लेलाई प्रादन गरिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार