४ जेष्ठ २०८१, शुक्रबार

विवादबीच शिक्षक नियुक्ति गरेको आरोप



जोशीपुर । कैलालीको जोशीपुरमा रहेको जनप्रकाश उच्च माध्यमिक विद्यालयमा विवादबीच नेपाली विषयको अनुदान कोटामा शिक्षक नियुक्त गरिएको आरोप लगाइएको छ ।
अनियमित ढंगले परीक्षा सञ्चालन गरेकै भन्दै शिक्षक पदका लागि आवेदक १० जनामध्ये केही दिनअघि पाँच जनाले परीक्षा बहिस्कार गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक राजेशकुमार चौधरीले परीक्षामा सहभागी मध्ये उत्कृष्ट अंक ल्याएका हिक्मतसिंह केसीलाई सो पदमा नियुक्त गरिएको बताए ।
गत २८ गते परीक्षा सञ्चालन भएको थियो । केसीलाई सोही दिन छनोट गरिएको थियो । उनले २९ गते पढाइरहेका छन् ।
आवेदकमध्ये परीक्षा बहिस्कार गरेका पाँच जनाले परीक्षार्थीले आफुहरुले बिरोध जनाउँदा पनि कुनै छलफल नगरी एकलौटी ढंगले शिक्षक नियुक्ति गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार