४ जेष्ठ २०८१, शुक्रबार

सुखडमा बिरामीको चाप बढ्दै



सुखड । कैलालीको सुखडमा रहेको घोडाघोडी अस्पतालमा केही दिनयता बिरामीको चाप बढ्दै गएको छ ।
वर्षा तथा बाढीबाट प्रभावित हुनेको संख्या बढेसंगै बिरामीको संख्यामा पनि लगातार बृद्धि भइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालका डाक्टर मोहम्मद अन्सारीका अनुसार अहिले दैनिक सरदर ५० जना नयाँ बिरामी थपिने गरेका छन् ।
ज्वरो, टाइफाइड तथा झाडापखालाबाट ग्रसित बिरामी बढी आउने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार