४ जेष्ठ २०८१, शुक्रबार

वृहत वृक्षारोपण



धनगढी । धनगढीको कैलाली मोडेल उच्च माध्यमिक विद्यालयले सोमबार वृहत वृक्षारोपण कार्यक्रम गरेको छ ।
विद्यालयले हरेक महिनाको अन्तिम साता सञ्चालन गर्ने सामाजिक उत्तरदायित्वका क्रियाकलाप अन्तर्गत सोमबार वृक्षारोपण कार्यक्रम गरिएको प्राचार्य तपेन्द्र सिंहले जानकारी दिए ।
सोमबार बिहान कैलाली मोडेल सञ्चालक समिति, प्राचार्य, शिक्षक र विद्यार्थीहरूले विद्यालयको स्वामित्वमा रहेको बोराडाँडी ब्यारेकसंगै जोडिएको जमिनमा विभिन्न प्रजातिका एक सय २० बोट रोपिएका थिए ।
प्राचार्य सिंहले सामाजिक क्रियाकलाप अन्तर्गत पहिलोपटक वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको बताए ।
वृक्षारोपण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुवीर भट्ट, सल्लाहाकार सदस्य लक्ष्मण भट्ट, प्राचार्य सिंह, सदस्य चेतराज भट्ट र कार्यक्रम संयोजक टिकादत्त भट्ट तथा ठूलो संख्यामा विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार