४ जेष्ठ २०८१, शुक्रबार

वेवारिसे शव बरामद



टीकापुर । कैलालीको टीकापुरमा शनिबार एक बेवारिसे शव भेटिएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरका अनुसार टीकापुर नगरपालिका वडा नम्बर २ मा पर्ने रानीकुलामा अन्दाजी ५० वर्ष उमेरका एक पुरुषको शव बरामद भएको छ ।
पाँच दशमलव दुई ईन्च उचाईका मृतक सेतो शर्ट, कालो पाइन्ट, कम्मरमा निलो धर्केदार लुंगी बाधेको अवस्थामा शनिबार बिहान करिब ११ बजेतिर फेला पारेका हुन् ।
मृत भेटिएका ती पुरुषको अनुहार थेप्चो पहाडी मूलको जस्तो देखिएको प्रहरीले जनाएको छ । नामथर नखुलेका ती पुरुषको शव बुझ्न कोही पनि सम्पर्कमा नआएपछि ईलाका प्रहरी कार्यालय टीकापुरले हुलिया परीपत्र समेत जारी गरेको जनाएको छ । बेवारिसे अवस्थामा फेला परेको शव यतिखेर टीकापुर अस्पतालको शव गृहमा राखिएको छ । प्रहरीले ती पुरुषलाई नदीले बगाएर ल्याएको हुन सक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार