२ जेष्ठ २०८१, बुधबार

खाद्यअधिकारबारे अभिमुखीकरण



धनगढी । युवा दिवसको अवसरमा फाया नेपालले भजनी नगरपालिका–२, रजवारामा खाद्यअधिकार र खाद्य सुरक्षामा युवाको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम गरेको छ ।
फाया नेपालका राजेन्द्र रैकाले सहजीकरण गरेका कार्यक्रममा किसन महासंघ भजनीका सदस्य बेनुलाल चौधरीको अध्यक्षतामा भएको थियो ।
त्यस्तै, फाया नेपालको आयोजनामा भजनी–९, भुरुवामा विपद् जोखिम न्यूनीकरण तथा लोपोन्मुख राजी समुदायको खाद्यअधिकार सुनिश्चितता विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रम राजी उत्थान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष भीम राजीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार