२ जेष्ठ २०८१, बुधबार

त्रयम्बकेश्वर महादेव मन्दिर हस्तान्तरण



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर २ सरस्वतीनगरका भीमबहादुर शाह र श्रीमती लक्ष्मीदेवी शाहले निर्माण गरेको त्रयम्बकेश्वर महादेव मन्दिर ग्वासी समैजी महाकाली मन्तिरलाई हस्तान्तरण गरेका छन् ।
शाह दम्पत्तिले महाकाली मन्दिर प्राङ्गणमा सो मन्दिर निर्माण गरेका थिए । शनिबार धार्मिक विधिविधान अनुरूप पूजाआजा गरी सो मन्दिर हस्तान्तरण गरियो ।
सो स्थानमा २०३१ सालमा ग्वासी समैजी देउताको मन्दिर निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार