२० बैशाख २०८१, बिहीबार

जनप्रतिनिधिको भूमिकाबारे कार्यशाला गोष्ठी



टीकापुर । विकासमा प्रभावकारिता सकारात्मक सोच तथा लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनका लागि निर्वाचित जनप्रतिनिधिहरूको भूमिकाबारे छलफल गर्न शुक्रबार टीकापुरमा कार्यशाला गोष्ठी भएको छ ।
टीकापुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिको सहभागिता रहेको गोष्ठीमा विकासको लागि सम्भाव्य स्रोत, १० वर्षको विकासको लागि गर्न सकिने परिकल्पना सहितको लक्ष्य, उद्देश्य,र कार्ययोजनाबारे छलफल भएको थियो ।
गोष्ठीमा सहभागीहरूले व्यवस्थित आवास, युवा स्वरोजगार, पर्यटन, विभिन्न प्रकृतिका हिंसा न्यूनीकरण र समावेशी रूपमा ग्रामीण स्तरको विकासलाई पनि प्राथमिकतामा पारेर काम गर्नुुपर्ने बताए ।
यस्तै, जानकी गाउँपालिकाका जनप्रतिनिधिको सहभागितामा भएको कार्यक्रममा उनीहरूले पनि आगामी १० वर्षको दीर्घकालीन योजना, लक्ष्य, परिकल्पान र विकासको बारेमा जानकी गाउँपालिको खाका तयार गरेका छन् । जानकी गाउँपालिकामा रहेको स्रोत साधनको सदुपयोग परिचालन गरी गाउँपालिकालाई समृद्ध, विकास गर्ने उनीहरूले बताएका छन् ।
सर्वाड्डिण विकास केन्द्रको आयोजनामा भएको कार्यक्रममा सहजीकरण डाक्टर हेमराज पन्तले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार