२० बैशाख २०८१, बिहीबार

श्री एयरले धनगढीमा हवाई सेवा अाजदेखि शुरू



धनगढी । श्री एयरले धनगढीमा हवाई उडान सेवा सञ्चालन भएको छ । हेलिकोप्टर सेवामा अग्रस्थानमा रहेको श्री एयरले नागरिक उड्डयन प्राधिकरणबाट हवाई उडानका लागि अनुमति पाएपछि धनगढीमा आजदेखि उडान सेवा सञ्चालन गरेको जनाएको छ ।
श्री एयरले पहिलो चरणमा काठमाडौंदेखि धनगढी, भैरहवा र नेपालगञ्जसम्म हवाई उडान सेवा सञ्चालन गर्ने जनाएको छ ।
अहिले श्री एयरसँग क्यानडामा निर्मित ७० सिट क्षमताको एक र ५० सिट क्षमताका एक जहाज रहेको छ ।
सो एयर कम्पनीले तीन महिनाअघि जहाज भित्राए पनि प्राधिकरणले बल्ल अनुमति दिएको छ । हेलिकोप्टर व्यावसायमा सफल मानिएको श्री एयरसंग अहिले आठ वटा हेलिकोप्टर रहेका छन् ।
श्री एयरका लागि धनगढी स्टेशन प्रमुख गजेन्द्र शाहीले हरेक दिन काठमाडौंदेखि धनगढी फ्लाइट हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार