२० बैशाख २०८१, बिहीबार

सांसद, मेयरसहित एकसय बढीले गरे नेत्रदान घोषणा



धनगढी । कैलाली क्षेत्र नम्बर ६ का सांसद पुष्करनाथ ओझा, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड सहित एक सय तीन जनाले मरणोपरान्त नेत्रदान गर्ने घोषणा गरेका छन् ।
नेपाल विद्यार्थी संघ, कैलाली क्षेत्र नम्बर ६ ले नेपाल नेत्रज्योति संघ कैलालीको सहयोगमा बुधबार धनगढीमा आयोजना गरिएको एक कार्यक्रममा सांसद ओझा, उपमहानगरपालिका प्रमुख वडसहित एक सय तीन जनाले नेत्रदान गर्ने घोषणा गरे ।
कार्यक्रममा सांसद ओझाले आँखादानको घोषणा गरेर कार्यक्रमको आरम्भ गरेका थिए । सो अवसरमा उनले जीवनकालभरी आफ्नो लागि सर्वाधिक उपयोगी र मृत्युपछि नेत्रबिहीनले संसार हेर्न पाउने भएकाले नेत्रदान ठूलो पूण्यको कार्य भएको चर्चा गरे ।
नगर प्रमुख वडले नेत्रबिहीनहरूका लागि मृत्युपछि उत्तिकै खेर जाने आँखा दान गर्नु महान मानवीय कार्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार