१२ श्रावण २०८१, शनिबार

डल्फिन देखापर्न थाले



कैलारी । कैलालीको मोहना नदीमा पानीको सतह बढेसगै स्तनपायी जलचर डल्फिन देखापर्न थालेका छन् ।
कैलारी गाउँपालिका बडा नम्बर ४ भितरियाको मोहनपुर घाटमा डल्फिन देखापरेको स्थानीयले जनाएका छन् । कैलारी गाउँपालिका बडा नम्बर २ बसौटीका दीपेन्द्र चौधरीले मोहना नदीमा पानीको सतह बढेसंगै जहातही डल्फिन देखिन थालेको बताए ।
उनले डल्फिन हेर्न हरेक दिन स्थानीयको घुँइचो लाग्ने गरेको बताए । हरेक वर्षायाममा कैलालीका मोहना, काँडा, पथरैया नदीका विभिन्न स्थानमा ठूलो संख्यामा डल्फिन देखिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार