१२ मंसिर २०७८, आईतवार

विश्व स्तनपान सप्ताह



धनगढी । विश्व स्तनपान दिवसको अवसरमा नेपाल महिला स्वास्थ्य स्वंसेविका, धनगढी नगर समितिले आइतबार धनगढीमा कार्यक्रम गरेको छ ।
सुआहारा परियोजनाको आर्थिक सहयोग तथा महिला स्वास्थ्य स्वयंसेविका नगर समितिको आयोजनामा धनगढीको ट्राफिक चौराहदेखि पार्कचौकसम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।
कोही पनि नवजात शिशुले सुरक्षित स्तनपानबाट बञ्चित हुन नपरोस भन्ने सन्देश दिन धनगढीमा गत १७ गतेदेखि स्तनपान सप्ताह सञ्चालन भइरहेको छ । सप्ताह आज (सोमबार) सम्म सञ्चालन हुने स्वास्थ्य स्वयंसेविका अम्बिका भण्डारीले बताइन ।
कार्यक्रममा नेपाल महिला स्वास्थ्य स्वयंसेविका संघका जिल्ला संयोजक चित्रा ओझाले स्तनपानको महत्वबारे जानकारी फैलाउन सप्ताह सञ्चालन गरिएको बताइन ।

प्रतिक्रिया दिनुहोस्