११ श्रावण २०८१, शुक्रबार

आज अत्तरियामा बृहत सरसफाई कार्यक्रम



धनगढी । कैलालीको अत्तरियामा आज बैंक अफ काठमाण्डूको आयोजनामा बृहत सरसफाई कार्यक्रम हुँदै छ ।
सरसफाई कार्यक्रममा हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले नेतृत्व गर्ने बैंक अफ काठमाडांैका अधिकृत गणेश लम्सालले जानकारी दिए । उनले सरसफाईका लागि चाहिने औजार र अन्य सामग्री बैंकले व्यवस्था गरेको जानकारी दिए ।
सरसफाई पछि हास्यकलाकारहरू धुर्मुस, पल्पसा डंगोल (चम्सुरी) तथा सुरवीर पण्डित (दाह्रीबा) ले मनोरञ्जनात्मक कार्यक्रम प्रदर्शन गर्ने उनले बताए । कैलालीको अत्तरियाबाट शुरु हुने यो अभियान टीकापुर, बाँकेको कोहलपुर, दाङको तुल्सीपुर र नवलपरासीको वर्दघाटसम्म सञ्चालन हुने जनाइएको छ ।
सरसफाई कार्यक्रमको नेतृत्व गरिरहेका हाँस्य कलाकार एवं नमुना नेपाल कार्यक्रमका अभियन्ता धुर्मुसले आफू सरसफाई कार्यक्रमसंगै आफ्नो चौथो परियोजना नमुना नेपाल अभियानका लागि सहयोगको अपिल गर्न सुदूरपश्चिम पुगेको बताए । आफूले सञ्चालन गरेको नमुना नेपाल अभियान तीन करोड जनसंख्याको साझा अभियान भएकाले यसमा सबैले आर्थिक सहयोग गर्न उनले आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार