११ श्रावण २०८१, शुक्रबार

वृक्षारोपण कार्यक्रम



बर्दगोरिया । कैलालीको बर्दगोरियामा शनिबार वृक्षारोपण गरिएको छ । असहायका लागि सहयोगी हात नामक संस्थाको आयोजनामा बर्दगोरिया मानव सेवाश्रम परिसरमा वृक्षारोपण गरिएको थियो ।
जुनकिरी नेपाल, ओम शान्ति र जनकल्याण सामुदायिक संस्था लम्कीको सहाभागितामा वृक्षारोपण भएको थियो ।
सो अवसरमा विभिन्न जातका फलफूलका एक सय ५० वोट रोपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार