१२ श्रावण २०८१, शनिबार

अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै



धनगढी । कैलालीमा साउन अन्तिम साता अन्तर्राष्ट्रिय युवा दिवस मनाइने भएको छ । जिल्ला युवा समिति कैलालीका अध्यक्ष शम्भु कुँवरको अध्यक्षतामा शुक्रबार बसेको बैठकले विभिन्न कार्यक्रमसहित दिवस मनाउने निर्णय गरेको जनाएको छ ।
दिवसका अवसरमा युवा, विद्यार्थी, राजनीतिक दलमा आवद्ध युवा, युवा क्लव, खेलाडी, स्काउट, सञ्चारकर्मी लगायतको सहभागितामा प्रभातफेरी, छलफल लगायतको कार्यक्रम आयोजना गरिने उनले बताए ।
बैठकमा कैलालीमा युवाका क्षेत्रमा कार्य गर्दै आएका युथ एक्सन, याक नेपाल, फाया नेपाल, युवा शान्ति परिषद्, कैलाली, दलित महिलाअधिकार मञ्च, कैलाली जिल्ला स्काउट, ओरेक नेपाललगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार