६ कार्तिक २०८१, मंगलवार

जडीबुटी दिवस मनाइयो



टीकापुर । पतञ्जती योग नगर समिति टीकापुरको आयोजनामा शुक्रबार टीकापुरमा जडीबुटी दिवस २०७४ मनाइएको छ ।
दिवसको अवसरमा विविध कार्यक्रमसहित टीकापुर अस्पतालमा वृक्षारोपण समेत गरिएको छ । सो अवसरमा नगर प्रमुख तपेन्द्रबहादुर रावलले श्रीखण्डको बोट रोपेर वृक्षारोपणको शुरुवात गरेका थिए ।
दिवसका अवसरमा नगर प्रमुख रावल, उपप्रमुख केशरी बिष्ट, योग नगर समितिका उपाध्यक्ष शेरबहादुर बिक, वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्य, टीकापुर पोलिटेक्निकल इन्स्टीच्युटका रामबाबु प्रसाद यादव, टीकापुर योगाश्रमका संस्थापक पृथ्वीराज रावल, मल्लिका विद्यापीठ गुरुकुलका टीकाराम आर्य, नारायणप्रसाद तिमिल्सेना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार