१२ श्रावण २०८१, शनिबार

व्यवस्थित बजारका लागि पहल गर्न आग्रह



धनगढी । धनगढीका व्यावसायीहरूले यस बजार व्यवस्थित गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन् ।
कैलाली उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यावसायीहरूबीच शुक्रबार भएको बैठकमा सार्वजनिक पार्किङको व्यवस्था, सार्वजनिक शौचालयको व्यवस्था, फोहोरमैला व्यवस्थापन, छाडा पशुचौपाया व्यवस्थापनका लागि धनगढी उपमहानगरपालिकाले तत्काल ठोस पहल गर्न आग्रह गरियो ।
बैठकमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले संघले बजारमा फोहरमैला व्यवस्थापनका लागि छिट्टै उपयूक्त ठाउँको छनौट गर्दै दुई सय वटा डस्टविन राख्ने बताए ।
त्यस्तै, छाडा पशुचौपाया व्यवस्थापनका लागि तत्काल पहल गर्न उपमहानगरपालिकाको ध्यानाकर्षण गरिएको छ ।
संघले धनगढी चौराहामा सार्वजनिक यात्रु प्रतिक्षालय निर्माण गर्ने र विद्युतीय रिक्सा व्यवस्थित गर्न छिट्टै प्रभावकारी पहल गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार