गौरा महोत्सव आयोजना हुने



धनगढी । धनगढीमो ‘गौरा महोत्सव २०७४’ को आयोजना गरिने भएको छ । भदौ १४ गतेदेखि १६ गतेसम्म गौरा महोत्सवको आयोजना गरिने जनाइएको छ ।
राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान तथा युवा विकास केन्द्रले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिए ।
महोत्सवको अवसरमा राष्ट्रिय देउडा प्रतियोगिताको आयोजना गरिने महोत्सव आयोजक समितिका संयोजक युवराज जोशीले बताए । तीन दिनसम्म चल्ने देउडा प्रतियोगितामा सुदूर र मध्यपश्चिमका २५ वटा टिम सहभागी हुने उनले बताए ।
महोत्सवमा स्टेज कार्यक्रमहरू पनि आयोजना हुने राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले बताए ।
महोत्सवको तयारीका लागि विभिन्न समिति गठन गरिएको छ । आर्थिक संकलन समिति संयोजकमा युवराज जोशी रहेका छन् भने सहसंयोजक दलबहादुर बोगटी रहेका छन् ।
यस्तै, प्रचारप्रसार समितिको संयोजकमा नवराज पनेरू, तीर्थराज भट्ट, सिवी चन्द र सुवाश भण्डारी सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्