११ श्रावण २०८१, शुक्रबार

खेलकुद विकास लागि ज्ञापनपत्र



धनगढी । खेलकुद क्षेत्रको विकास र उत्थानका निम्ति खेलाडी उत्थान सहयोग केन्द्रले धनगढी उपमहानगरपालिकाका निर्वाचित पदाधिकारीहरूलाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ ।
केन्द्रले शुक्रबार धनगढीमा गरेको स्वागत तथा शुभकामना कार्यक्रममा नौं बुँदे ज्ञापनपत्र बुझाएको जनाइएको छ ।
केन्द्रका अध्यक्ष राजीव गुप्ताले धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडलाई ज्ञापनपत्र हस्तान्तरण गरे ।
सो अवसरमा नगर प्रमुख वडले खेलाडीहरूको हकहितका साथै खेदकुदको विकास लागि उपमहानगरपालिकाले योजनावद्ध ढंगबाट कार्यक्रम सञ्चालन गर्ने बताए ।
नगर प्रमुख वडले उपमहानगरपालिकाको सबै १९ वटै वडामा एक/एक वटा खेल मैदान बनाउने योजना रहेको बताए । यस्तै, धनगढी उपमहानगरपालिकामा प्रत्येक महिना कुनै न कुनै खेल प्रतियोगिता सञ्चालन गर्ने, उपमहानगरपालिकाभित्र रहेका सबै विद्यालयमा प्रत्येक शुक्रबार खेल प्रतियोगिता गराउने योजना बनाएको बताए ।
कार्यक्रममा नगर उपप्रमुख सुशीला मिश्र भट्टले खेलकुद क्षेत्रको विकासका लागि सबै किसिमको सहयोग गरिने बताइन् ।
कार्यक्रममा वडा वडाध्यक्षद्वय लक्ष्मीनारायण चौधरी र फूलराम चौधरी, क्षेत्रीय खेलकुद विकास समितिका सदस्य घनश्याम भट्ट, खेलकुद विकास समितिका प्रशिक्षण ईञ्चार्ज मोतीराज पनेरू, प्रशिक्षक प्रकाश चन्द लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
केन्द्रकी सदस्य सरिता चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रतन खातीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार